Posts

Showing posts from June, 2011

एउटा नौलो प्रयास!!

एका बिहानैको मिर्मिरेमा व्हिस्कीको चुस्की लिंदै विलिन हुन लागेको चन्द्रमा टटोल्दै निन्द्रादेवीको पर्खाईमा बसीरहेको छु| रातभरिको अनिदो शरीर थकित छ| आँखाहरु लोलाईसकेका छन् तैपनि निन्द्रा भने लागेको छैन| मनमा अनेकौं कुराहरु खेलिरहेका छन्| निन्द्राको अभावले हो कि व्हिस्की को नशाले हो, ठम्याउने प्रयत्न गरिन मैले| मैले त्यसदिन पक्कै पनि आफुले आफुलाई नंग्याउने अठोट गरेको हुनुपर्छ| गाँजा र चरेश को धुँवामा रुमल्लिएको ति दिनहरुको स्मरणले मस्तिस्क ताजा भयो| क्याम्पसको कक्षाहरु छोडेर माथि बुढासुब्बा डाँडामा राँगाको सुकुटीको साथमा छ्याँग र निगार पिएको झझल्को आयो मनमा| क्याम्पस जाने निउमा होस्टेलबाट एउटा कापी च्यापेर हिड्थे म, तर मेरो दिन बित्थ्यो छाता चोकको पूल हाउसमा| घर बाट ट्युसन पढ्न मागेको पैसा (भविस्यमा डाक्टर, इन्जिनियर बन्न I.Sc. पढदै गरेको छोरोले मागेको, बाऊले नपठाउन पनि कसरी) गिल म्यारी र चुरोटमा सकिन्थ्यो| कोरेक्स र प्रोक्सिबोनको खर्च चाहिँ बेला-बेलामा किताब किन्ने बहानामा पुरा गरिन्थ्यो| यसैबीच एकदिन घर गएको, आमालाई देखिन| बाऊले घरबाट निकाली सकेछन्| भाई-बहिनीहरुले रुँदै सुनाए| दु:ख लाग